Logo
|
Saturday 11th May 2024
Logo

epaper

६ हजार ४६२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४ हजार ६० नमुना एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्