Logo
|
Saturday 11th May 2024
Logo

epaper

नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोभिड-१९ संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार ३२ नमुनाको जिन सिक्वीन्सिङ गर्दा २८ मा ओमीक्रोन पुष्टि भएको हो । यसैगरी बाँकी ४ नमुनामा डेल्टा देखिएको अधिकारीले बताएका छन् ।

उक्त नतिजा हेर्दा नेपालमा पनि अन्य मुलकमा जस्तै ओमीक्रोन भेरियन्टले डेल्टालाई विस्थापन गरिरहेको देखिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्