Logo
|
Saturday 11th May 2024
Logo

epaper

यस वर्षको अन्त्यतिर कोभिड–१९ घट्दै जान्छः डब्लूएचओ



जनस्वास्थय सरोकार, एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्व स्वास्थ्य संगठनले विश्वास लिएको छ ।

ओमिक्रोनले युरोपलाई महामारीको अन्त्यतिर लगेको डब्लूएचओका महानिर्देशक हान्स क्लुगले बताएका छन् । तर मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ।

सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ। खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए।

‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने। अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन्।

प्रतिक्रिया दिनुहोस्