Logo
|
Saturday 11th May 2024
Logo

epaper

थप १० हजार ३१९ जनामा कोभिड–१९ संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा नमुना २१ हजार २०१ परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ६५४ पिसीआर परीक्षण गर्दा ८ हजार ५४ जनामा र ४ हजार ५४७ एन्टीजेन परीक्षण गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा २ हजार ५४० जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ४ जनाको निधन भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेको छ । सक्रिय संक्रमितमध्ये ८० हजार ७७९ जना होम आइसोलेसनमा र १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २३८ आइसियूमा र ४३ जना भेन्टिलेटरमा उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्