Logo
|
Friday 29th March 2024
Logo

epaper

हेटौँडा अस्पताललाई ५२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण



जनस्वास्थ्य सरोकार, हेटौडा । बागमती प्रदेशको राजधानीस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पताललाई ५२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

सङ्घीय स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई भेन्टिलेटरसहित ५२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य मन्त्रालयले अस्पताललाई दुई वटा भेन्टिलेटर, १० वटा बेड, मनिटरलगायत अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री लामाले हेटौँडा अस्पताललाई प्रदेशकै प्रमुख अस्पतालको रुपमा विकास गरिने बताउनुभयो ।

कोभिड–१९ को सङ्क्रमणको जोखिम कम गर्न प्रदेश सरकारले ध्यान दिइरहेको जानकारी गराउनुहुँदै मन्त्री लामाले आगामी चैत महिनासम्म प्रदेशका सबै नागरिकलाई पूर्ण खोप लगाउने लक्ष्य लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्