Logo
|
Saturday 27th April 2024
Logo

epaper

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाबिरुद्धको फाइजर खोप ल्याउने स्वास्थ्यमन्त्रीको स्पष्टोक्ती



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाबिरुद्धको फाइजर खोप ल्याउन लागिएको बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीहरुलाई चाँडो कोरोनाबिरुद्धको खोप लगाउन र विपन्नहरुको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले सो कुरा बताउनुभएको हो ।

उहाँले आगामी दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सम्पूर्ण नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको र सुचनाको अभावमा गाउँपालिकाबाट विपन्नताको कागजपत्र नल्याउँदा धेरै विपन्न नागरिकहरु निःशुल्क उपचारबाट वञ्चित भइरहेकोसमेत जानकाी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्