Logo
|
Thursday 18th April 2024
Logo

epaper

स्टार अस्पतालले जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने



जनस्वास्थ्य सरोकार ललितपुर । ललितपुरको सानेपास्थित स्टार अस्पतालले जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।


‘केयर कान्ट वेट’ भन्ने मुल नारा सहित जेष्ठ नागरिकलाई घरघरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘स्टार जेरियट्रिक हेल्थ सर्भिस’ सञ्चालनमा ल्याएको हो ।


यस सेवा लिए बापत सेवाग्राहीले घरमै बसी ल्याब परीक्षण, फिजियोथेरापी सेवा, डाइट प्लान, चिकित्सकीय परामर्श, औषधि, ब्लडप्रेसर जाँच, शरीरमा अक्सिजनको मात्रा जाँच, पल्स, शरीरको तापक्रम जाँच लगायतका सेवा प्राप्त गर्न सक्नेछन् । यदि सेवाग्राहीलाई अस्पताल आउनु परेको खण्डमा स्वास्थ्यकर्मी सहितको यातायात सेवा निःशुल्क उपलब्ध गराउने अस्पतालले जानकारी दिएको छ ।


यसका लागि अस्पतालले छुट्टै विभाग खडा गरेको छ । विभागका कर्मचारीहरुको प्रत्यक्ष निगरानीमा जेष्ठ नागरिकहरुले सहज रुपमा उपचार सेवा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ ।


‘स्टार जेरियट्रिक हेल्थ सर्भिस’ सुविधा लिन सेवाग्राहीले वार्षिक सदस्यता कार्ड लिनुपर्ने अस्पतालले जनाएको छ । अस्पतालले प्रतिव्यक्ति सदस्यता शुल्क पाँच हजार र दम्पतिको हकमा सदस्यता शुल्क आठ हजार आठ सय अठ्ठासी तोकेको छ ।
यस सुविधा लिए बापत सदस्यहरुले विभिन्न हेल्थ प्याकेजहरु पनि सहुलियत दरमा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्