१३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

जनस्वास्थ्य सरोकार, काठमाडौं । बेलायतबाट १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बेलायतबाट थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको हो ।
बेलायतले कोभ्याक्स सुविधा मार्फत २१ लाख ७४ हजार १६० डोज खोप पठाएको छ ।
८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ भने १३ लाख १२ हजार ८० डोज खोप आज नेपाल आइपुगेको हो ।