Logo
|
Saturday 27th April 2024
Logo

epaper

साहित्यकार तारानाथ शर्माको निधन



जनस्वास्थ्य सरोकार काठमाडौं । साहित्यकार तारानाथ शर्माको निधन भएको छ । ८७ वर्षिय शर्माको मंगलबार बिहान आफ्नै निजी निवासमा निधन भएको हो ।


लामो समयदेखि डिमेन्सिया (विस्मृति समस्या) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको समस्या थियो । साहित्यकार शर्माको बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायतका थुप्रै कृतिहरु चर्चित छन् ।

उहाँले बेलायततिर बरालिँदा निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार प्राप्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्