Logo
|
Friday 26th April 2024
Logo

epaper

भारतमा थप ३० हजार बढीमा संक्रमण, ५४१ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली। भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ६७ हजार ५३८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १९ लाख १० हजार ९८४ जना सङ्क्रमण मुक्त भएका छन् ।

अधिकारीहरुका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३२ हजार ९१८ रहेको छ । गत २४ घण्टामा मात्र ३७ जना ३२२ जना सक्रिय सङ्क्रमित घटेका पनि समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५४१ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १० हजार ४१३ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्