Logo
|
Sunday 5th May 2024
Logo

epaper

देशभरका फिजियोथेरापी तथा रिहृयाविलिटेसन सेन्टरको साझा संगठन ‘प्राण’ स्थापना

संस्थापक अध्यक्षमा हरि कुमार लम्साल



जनस्वास्थ्य सरोकार, काठमाडौं । देशभरका फिजियोथेरापी तथा रिहृयाविलिटेसन सेन्टरको साझा संगठन ‘फिजियोथेरापी रिहृयाविलिटेसन सेन्टर एसोसियशन नेपाल’ (प्राण) स्थापना गरिएको छ ।


प्रजातन्त्र दिवसको अवसर पारेर देशभरका फिजियोथेरापी तथा रिहृयाविलिटेसन सेन्टरका सञ्चालकहरु संगठित भएका हुन् ।

देशभर सञ्चालित १५ शैय्या माथिका फिजियोथेरापी तथा रिह्याविलिटेसन सेन्टर सञ्चालकहरुको राष्ट्रिय भेलाले साहारा फिजियोथेरापी अस्पतालका सञ्चालक हरिकुमार लम्सालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा जगदीश खनाल, महासचिवमा समीद कातिला श्रेष्ठ, सचिवमा राजेश महत र कोषाध्यक्षमा दिक्षा जोशी चयन हुनुभएको छ । त्यस्तै, विवेक पौड्याल, अशोकमणि रिमाल, कविन सापकोटा र अंगिरा थापा कार्यसमिति सदस्यमा चयन हुनुभएको छ ।

भौतिक चिकित्सा तथा पुनर्स्थापना सेवालाई गुणस्तरीय, प्रभावकारी र मर्यादित बनाउँदै स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिन संगठित प्रयास गर्ने उद्देश्यले संघ गठन गरिएको नवनियुक्त अध्यक्ष हरिकुमार लम्सालले बताउनुभयो ।

सेवाको गुणस्तर कायम गर्न, यसको विश्वसनीयता बढाउन, स्वास्थ्य क्षेत्रको एक प्रभावकारी तथा वैज्ञानिक विधाका रुपमा स्थापित गर्न, सरोकारवाला सरकारी तथा गैरसरकारी संघ संस्थासँग सहकार्य गर्ने योजना संघले बनाएको छ ।

राष्ट्रिय भेलामार्फत स्थापना घोषणा गरिएको प्राणमा नेपालको पहिलो रिहृयाबिलिटेसन डाक्टर, फिजियोथेरापी संघ, अकुपेस्नल थेरापी संघ, प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षसहित पुर्नस्थापना विज्ञहरु उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्