Logo
|
Friday 26th April 2024
Logo

epaper

तपाईंलाई थाहा छ घिउकुमारीका यी चामत्कारिक फाइदा ?



जनस्वास्थ्य सरोकार । घिउकुमारी (एलोभेरा) एक औषधीय गुण भएको वनस्पती हो, जुन हजारौ वर्षदेखि प्रयोग हुँदै आएको छ । यसलाई सहजै गमला वा करेसाबारीमा सार्न सकिन्छ ।


विशेषत एलोभेरा सौन्दर्य तथा घाउ निको पार्न प्रयोग गरिन्छ । यतिमात्र नभई विभिन्न स्वास्थ्य समस्या हुँदा पनि एलोभेराको प्रयोग फाइदाजनक मानिन्छ ।

छालादेखि पेटसम्मको समस्यामा घिउकुमारीको प्रयोग हुने विभिन्न अध्ययन अनुसन्धानमा उल्लेख छ । एलोभेरामा भिटामिन ‘ए’, ‘बि–१’, ‘बि–२’, ‘बि–६’, ‘बि–१२’ र ‘ई’ फोलिक एसिड जस्ता पोषक तत्व पाइन्छ । यो प्राकृतिक रुपमा प्रभावशाली जडिबुटी हो ।

एलोभेराको जुस सेवनले स्वास्थ्यलाई निकै फाइदा गर्छ । पेट सम्बन्धी समस्याहरू हटाउनुका साथै छालालाई लामो समयसम्म जवान राख्न मद्दत गर्छ । एलोभेराको जुस नियमित सेवन गर्दा कब्जियतको समस्याबाट छुटकारा पाउन सकिन्छ । कस्मेटिक, औषधि र खाद्य उद्योगहरुमा एलोभेराको व्यापक प्रयोग गरिँदै आएको छ ।

छालाको सौन्दर्य बढाउन
एलोभेरामा पाइने तत्वले छालालाई मोश्चराइज र हाइड्रेट गर्न मद्दत गर्छ । एलोभेराको जेललाई अनुहारमा दैनिक २० मिनेट लगाएर सफा पानीले धुनुपर्छ । यसले छालालाई नरम र अनुहारलाई चम्किलो र मुलायम बनाउँछ ।

एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुणले भरिपूर्ण
एलोभेरामा एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल पाइन्छ । एलोवेरा जेलमा पोलिफेनोल नामक शक्तिशाली एन्टिअक्सिडेन्ट हुन्छ । यसले मानिसमा संक्रमण निम्त्याउने निश्चित ब्याक्टेरियाको वृद्धिलाई रोक्न मद्दत गर्छ ।

एलोभेरा एन्टिब्याक्टेरियल, एन्टिभाइरल र एन्टिसेप्टिक गुणहरूले भरिपूर्ण छ । त्यसैले एलोभेराले घाउहरू निको पार्न र छालामा देखिने समस्याहरू निको गर्न समेत मद्दत गर्दछ ।

मधुमेहमा लाभदायक
एलोभेराको जुस पिउनु विशेषगरी मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ । इन्टरनेशनल जर्नल अफ फाइटोथेरापी एन्ड फाइटोफार्मेसीमा प्रकाशित एक अध्ययनका अनुसार, दैनिक दुई चम्चा एलोभेराको जुस पिउनाले मधुमेह भएका मानिसहरूमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

स्तन क्यान्सरको जोखिम कम गर्न
एलोभेराले क्यान्सरको जोखिम कम गर्न पनि मद्दत गर्छ । एक अध्ययनका अनुसार एलोभेरामा पाइने एलो इमोडिन नामक तत्वमा स्तन क्यान्सरको वृद्धिलाई कम गर्ने क्षमता हुन्छ ।

एलोभेराको जुसको नियमित सेवनले स्तन क्यान्सरको जोखिमबाट बचाउन मद्दत गर्न सक्छ ।

कपाल झर्नबाट बचाँउछ
एलोभेराको प्रयोगले धेरै कपाल झर्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । यसमा पाइने पोषण तत्वले कपाल बढ्न मद्दत गर्छ र र्झन दिदैन । एलोभेरामा भिटामिन ‘ए’, ‘सी’, र ‘ई प्रशस्त मात्रामा पाइन्छ । यसमा पाइने भिटामिन ‘बी १२’ र फोलिक एसिडले कपाल झर्नबाट बचाँउछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्