Logo
|
Saturday 27th April 2024
Logo

epaper

८२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् भने बुधबार पनि कसैको मृत्यु भएको छैन ।

हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्