Logo
|
Friday 26th April 2024
Logo

epaper

बर्दिबासबाट नक्कली डाक्टर पक्राउ



जनस्वास्थ्य सरोकार, बर्दिबास । प्रहरीले महोत्तरीको बर्दिबासबाट नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । बर्दिबासस्थित साँझा कान्तिपुर डेन्टल प्रा।लि। बर्दिबासका सञ्चालक दिलिप भनिने सञ्जय कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बालिष्ट सिंहका अनुसार उनलाई ईलाज सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको शिलशिलामा पक्राउ गरिएको हो ।

दुई वर्ष अघि उनले धनुषा मिथिला नगरपालिका वडा नं.–९ की १९ वर्षीय रानी सिंह महतोको दाँत उखेलेका थिए । डाक्टर हुँ भन्दै उनको दाँत उखेल्दा अत्यधिक रक्तस्राव भएर रानीको मृत्यु भएको थियो ।

‘रानी दाँत दुखेर साँझा कान्तिपुर डेन्टल प्रा.लि.मा उपचारका लागि आएकी थिइन् । प्रतिवादी दिलिपले आफूसँग चिकित्सकको प्रमाण पत्र नै नभई,डाक्टर हुँ भनी उनको दाँत उखेलेका थिए ।

त्यसपछि अत्यधिक रक्तस्राव भई उनको मृत्यु भएको थियो’, प्रहरी निरीक्षक सिंहले बताउनुभयो । घटनापछि फरार रहेका दिलिपलाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी पश्चात् पक्राउ गरिएको हो । उनलाई बर्दिबास बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्