Logo
|
Friday 26th April 2024
Logo

epaper

६५० एमजीको पारासिटामोल दर्ता गर्ने निर्णयको एपोनद्धारा स्वागत

५ सय एमजीको उत्पादन नरोकिने जिकिर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले ६५० एमजी पारासिटामोल उत्पादन गर्न औषधि सल्लाहकार समितिले गरेको निर्णयको स्वागत गरेको छ ।


हामी स्वदेशी औषधी उद्योगीहरु बिभिन्न औषधीहरु उत्पादन गर्ने तर औषधीको आबश्यकता औषधी लेख्ने बिज्ञहरुको आधारमा अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त बिधि, प्रणाली अनुरुप उत्पादन गर्ने गरेको सबैमा बिदित भएको उल्लेख गर्दै संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘बिभिन्न राष्ट्रहरुमा र रोगहरुमा पारासिटामोल ६५० एमजी पनि आबश्यक दखिएकोले आबश्यक बिरामीको उपचारको लागी सहि मात्राको औषधीको अभाव हुन नदिनु नै हाम्रो मुल उद्देश्य रहेको छ । तसर्थ औषधीको प्रयोग र मात्राको आबश्यकता बिरामीको प्रकृती अनुरुप हुने साथै प्राबिधिक रुपमा उत्पादन गर्न हामी सक्षम पनि भएको हुँदा औषधी सल्लाहकार समितिको गत चैत १० गतेको उक्त निर्णय स्वागतयोग्य रहेको छ ।’


पारासिटामोल ५०० एमजी लाई बिस्थापित गरि ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपुर्ण अभिब्यक्तिहरु देखिएको हुनाले सबैमा ५०० एमजी को उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्न अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आबश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले बताउनुभएको छ ।

कोभिडको समयमा समेत नेपाल तथा बिभिन्न राष्ट्रहरुमा चिकित्सकहरुले पारासिटामोलको ६५० एमजी मात्र नभई १००० एमजी सम्मको डोज आबश्यकता महसुस गरि प्रयोग भइरहेकोे पनि यसै ध्यानाकर्षण पत्र मार्फत सबैमा अबगत गराइएको संघका महासचिव विप्लब अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्