चीनबाट आइपुग्यो ४० लाख मात्रा साइनोभ्याक खोप

जनस्वास्थ्य सरोकार, काठमाडौं । चीन सरकारको अनुदानमा ४० लाख मात्रा साइनोभ्याक खोप नेपाल आइपुगेको छ । चीन सरकारको अनुदानमा पहिलो पटक ४० लाख मात्रा साइनोभ्याक खोप आएको हो।
शनिबार ३५ लाख र सोमबार ५ लाख डोज खोप आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।
१८ वर्षमाथिका नागरिकलाई लगाउन मिल्ने यो खोप नेपालमा पहिलोपटक आएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनको साइनोभ्याक खोपलाई गत जेठमा नै आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो।