Logo
|
Saturday 27th April 2024
Logo

epaper

स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजबाट सुरु, भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी



जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजबाट सुरु हुँदैछ । आयोगले लिन लागेको स्नातक तहको यो दोस्रो एकीकृत परीक्षा हो ।


आयोगले एक प्रेस विज्ञप्ती जारी गर्दै एकीकृत प्रवेश परीक्षाको लागि आयोगबाट गर्नुपर्ने सबै तयारी पुरा भइसकेको र परीक्षामा राष्ट्रिय मात्र नभई अन्यदेशका परीक्षार्थीहरु समेत सहभागी हुने जनाएको छ ।

त्यस्तै परीक्षाको बारेमा कुनै प्रकारको अभिव्यक्ति दिने, भ्रामक प्रचार प्रसार गर्ने र वातावरण धमिल्याउने कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी आयोगले दिएको छ ।

आजबाट सुरु भएको एकीकृत प्रवेश परीक्षा २१ गतेसम्म चल्ने छ । परीक्षामा ३४ हजार ६ सय ६५ परीक्षार्थीहरू सहभागी हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्