Logo
|
Thursday 28th March 2024
Logo

epaper

६ सय ५० एमजीको पारासिटामोल उत्पादनमा वास्तविकता र हल्ला

वरिष्ठ औषधि विज्ञ सरोज पौडेलले सुझाउनुभएको वास्तविकता



जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि सल्लाहकार समितिले हालै ६ सय ५० एमजीको पारासिटामोल उत्पापदन गर्न दिएको निर्णयप्रति टिकाटिप्पणी सुनियो । वास्तवमा ६ सय ५० एमजीको पारासिटोल उत्पादन गर्न नहुने हो र ? यसबारेको हल्ला र यथार्थ यस्तो छ ।


कलेजो खराबको कुरा

सरदर तौल ५० केजी भएको एउटा वयस्क मान्छेलाई एक पटकमा ५०० एमजीको पारासिटामोल ट्याब्लेट आवश्यक पर्छ । तर त्यही मान्छेमा कलेजो बिग्रने अवस्था आउन ७.५ ग्राम (अहिले बजारमा रहेको ट्याब्लेट १५ वटा) एक पटक या एक दिनमा खाएमा कलेजोमा समस्या आउन सक्ने विभिन्न अध्ययनले देखाएका छन् । एकैपटकमा वा एक दिनमा कुनै बच्चाले आफ्नो वजन अनुसार १५० एमजी वा त्यो भन्दा बढी खाएमा कलेजो आंशिक खराब हुने अध्ययनको निष्कर्ष छ ।

अध्ययन

सन् २०२१ मा गण्डकी मेडिकल कलेजमा भएको अध्ययनअनुसार सरदर एक नेपाली पुरुषको तौल ६१ केजी देखिन्छ । यो हिसाबमा आवश्यक पारासिटामोलको मात्रा ६१० एमजी आवश्यक पर्ने अध्ययनको निष्कर्ष छ ।


जस्तोः ५ केजीको बच्चा भएमा १ सय ५० गुणा ५ गर्दा ७५० एमजी भन्दा बढी खाएमा बल्ल कलेजो खराब हुन शुरु हुने हो । नर्मल्ली डोज भनेको प्रतिकेजी तौलको आधारमा १० देखि १५ एमजी हो । एउटा १० केजी भएको बच्चाले १५ सय एमजी अर्थात ३ वटा ट्याब्लेट खाँदा कलेजोमा असर देखिहाल्ने निश्चित छैन । वरिष्ठ औषधि विज्ञ सरोज पौडेल भन्नुहुन्छ—‘त्यो भन्दा माथि गएमा मात्र कलेजो खराबका असर देखिनसक्छ । १२ वर्षमाथिका लाई वयस्क मानिन्छ । ६०—७० केजीकालाई ५०० सय एमजीकोले पुग्दैन ।

रोइलो

‘त्यसले गर्दा अब्सन त चाहियो । विश्वमा किन बनाए त ६ सय ५० र ६ सय ६५ एमजी को ट्याब्लेट ?’—वरिष्ठ औषधि विज्ञ पौडेल भन्नुहुन्छ—‘रिक्वावार्डअनुसार चाहिएर त बनाए नि । त्यसैले यसमा रोइलो किन ? ’

सुरक्षित औषधि

पारासिटामोलको जन्म सन १८५२—१८७७ को बीचमा भएको पाइन्छ । त्यतिबेलाबाट हाल सम्म ज्वरो र केहि प्रकारका दुखाईका लागि प्रयोग गरिँदै आएको छ । विशेषत गर्भवती र बच्चाहरुका लागि सामान्य ज्वरो र अन्य दुखाइमा यसलाई सबैभन्दा सुरक्षित औषधिको रुपमा लिइन्छ । वरिष्ठ औषधि विज्ञ सरोज पौडेल भन्नुहुन्छ—‘यसको नर्मल डोज १०—१५ एमजी प्रति केजी शरीरको तौल बरावर हिसाब गरेर दिइन्छ र बिरामीको अवस्था हेरेर यसलाई १०० एमजी प्रति केजी सम्म दिइँदै आएको छ ।’


पारासिटामोलको सेवनबाट कलेजो खराव हुन सक्ने यसको नकारात्मक असर हो । तर कति मात्रामा खाँदा यसले कलेजो खराव गर्छ त भन्ने विषयमा विश्वमा विभिन्न प्रयोग र अध्ययन भएका छन् । जसवाट के देखिन्छ भने सामान्य तया एक वयस्क मान्छेमा ७.५ ग्राम एक पटक वा एक दिनमा खाँदा वा साना बालबालिकामा १५० एमजी प्रतिकेजी शारीरिक वजन अनुसार औषधि खाँदा जुन मात्रा शरीरको रगतमा देखिन्छ । त्यो मात्राबाट कलेजो खराब हुन शुरु हुने या कलेजोमा खरावी देखिनसक्छ । यसरी हेर्दा औषधिको सामान्य मात्र १०—१५ एमजी प्रति केजी शारीरिक वजन र कलेजोमा असर देखिन आवश्यक न्यूनतम मात्रा १५० एमजी प्रति केजीमा १० गुणाको अन्तर देखिन्छ । जसकारण नै यस औषधिलाई सबैभन्दा सुरक्षित औषधिको रुपमा लिइन्छ ।

शारीरिक संरचनामा आधारित

यसको डोज सामान्य राख्दा एक ट्याबलेट ५०० एमजीको औषधि खाँदा मानिसको शरीमा ८—३२ एमजी प्रति मिलिलिटर रगत बराबरको पारसिटामोल कन्सर्टेसन (केन्द्रिकृत) हुनजान्छ । यो रगतमा पारासिटामोलको केन्द्रिकृत मात्रा औषधि खाने व्यक्तिको शारीरिक संरचनामा आधारित हुने औषधि विज्ञ पौडलको भनाइ छ ।

केन्द्रिकृत मात्रा

कुनै पनि औषधि खाँदा औषधिको रगतमा हुने केन्द्रिकृत मात्राको आधारमा औषधिले शरीरमा देखाउने असर निर्धारित हुन्छ । माथि लेखिएको जस्तो औषधिको रगतमा मात्रा औषधिको आवश्यक असरको लागि प्रयाप्त हुन्छ । ‘सकारात्मक र नकारात्मक दुवै असर देखिन औषधिको सेवनपछि औषधिको रगतमा हुने केन्द्रिकृत मात्रामा निर्भर रहन्छ । औषधिको न्यूनतम मात्रा रगतमा केन्द्रिकृत हुन नसकेमा औषधिको सकारात्मक असर देखिदैन बरु नकारात्मक असर देखिने भने सम्भावना रहनसक्छ ।’

प्रयोगमा अनुमति

‘प्रत्येक औषधिको सकारात्मक र नकारात्मक असर हुन्छन, जुन हामीलाई थाहै छ, पारासिटामोलको पनि ज्वरो कम गर्नु सकारात्मक असर हो भने कलेजो खराब गर्नु, मिर्गौलाई असर गर्नु जस्ता केहि नकारात्मक असरहरु हुन् ।’—वरिष्ठ औषधि विज्ञ पौडेल भन्नुहुन्छ—‘औषधिको बजारमा नागरिकहरुको उपचारमा प्रयोग गर्न अनुमति दिँदा औषधिको सकारात्मक र नकारात्मक असरको मुल्याङ्कन गर्दा जब औषधिको सकारात्मक असर नकारात्मक असर भन्दा धेरै देखिन्छ र केहि छोड्नै नसक्ने नकारात्मक असर भए पनि सकारात्मक असरका लागि प्रयोग गर्न जरुरी देखिन्छ । त्यतिबेला औषधि प्रयोगको लागि अनुमति दिइन्छ ।’

विश्व बजारमा हेर्दा पारासिटामोलको विभिन्न बनावट र शक्तिमा उपलब्धमा छ ।

वयश्कहरुको लागि

  • Tablets – 325mg to 500mg
  • Oral-disintegrating tablets – 80mg to 160mg
  • Caplets – 325mg, 500mg and 650mg
  • Extended-release caplets – 650mg
  • Capsules – 500mg
  • Gel caps / gel tabs – 500mg
  • Oral suspension or solution – 160mg or 5ml
  • Liquid (oral) – 500mg or 5ml
  • Syrup (oral) – 160mg or 5ml
  • Suppositories – 125mg, 250mg and 500mg

वच्चाहरुका लागि

  • Tablets – 325mg to 500mg
  • Oral-disintegrating tablets – 80mg to 160mg
  • Caplets – 325mg, 500mg and 650mg
  • Extended-release caplets – 650mg
  • Capsules – 500mg
  • Gel caps / gel tabs – 500mg
  • Oral suspension or solution – 160mg or 5ml
  • Liquid (oral) – 500mg or 5ml
  • Syrup (oral) – 160mg or 5 ml
  • Suppositories – 125mg, 250mg and 500mg

विविधता

वरिष्ठ औषधि विज्ञ पौडेलका अनुसार, कुनै औषधि बजारमा आवश्यक विविधता उपलब्ध गराउन औषधि उधोगहरुको दायित्व रहन्छ र विश्व बजार हेर्दा धेरै विविधता उपलब्ध छन् । तर हाम्रो देशमा यस्तो सुविधा उपलब्ध छैन ।

औषधि खान पाउने अधिकार

पारासिटामोलको बजारमा रहेको केहि विविधता भएका औषधिमा औषधि व्यवस्था विभागको प्रस्तावमा औषधि सल्लाहकार समितिबाट ६५० एमजीको पारासिटामोल उत्पादन गर्न बाटो खोलेको छ । यसमा औषधिको मुल्य जोडेर अतिरन्जन गर्न खोज्नु भन्दा यसको स्वागत गर्दै देशमा अहिले विरामी व्यक्तिको आवश्यकता अनुसार र बिरामीको चाह अनुसार औषधि खान पाउने अधिकारको लागि विभागलाई केहि कुरामा सजग गराउनुपर्ने देखिन्छ ।

औषधि चयनमा अन्यौल

यदि कुनै वच्चा ३०—४० केजीको छ भने उक्त वच्चाको लागि या कुनै वयस्क व्यक्ति यहि वजन समुहको छ भने उक्त व्यक्तिका लागि नर्मल डोजको आधारमा आवश्यक ३२५ एमजी को ट्यावलेट खै त ? नेपालमा अहिले रहेको पारासिटामोलको बजारमा उपलब्ध ५०० एमजीको ट्यावलेट, १२५ एमजी प्रति मिलिलिटर या १५० एमजी प्रति मिलिलिटरको तरल औषधि छन् । यसले वच्चा या वयस्कले कुन किसिमको औषधि छान्ने या डाक्टरहरुले कुन औषधि सिफारिस गर्ने ?

सरकारीको पनि घाटा विजनेस

५०० एमजीको एउटा ट्यावलेटको मुल्य वि.सं.२०६५ देखि १ रुपियाँ रहेको छ । यस समय सिमामा नेपाल सरकारले सञ्चालन गरेको नेपाल औषधि लिमिटेड केहि समय बन्द रहेको थियो । हालैमात्र पारासिटामोलको उत्पादन गरेर बजारमा पठाएको थियो भने यहि उत्पादनमा पनि घाटाको खबर बाहिर आएको छ । यस २०६५ सालबाट हालसम्म बजारको पारासिटामोलको आवश्यकता कि प्राईभेट कम्पनीबाट पुरा भएको छ भने केही भारतबाट आयात भएको छ ।

कोभिड १९ को संक्रमण फैलिएकै बेला पछिल्लो समय नेपाली बजारमा पारासिटामोलको अभाव देखियो र हाल मान्छेको वजन वा कोभिड १९ को भाइरल सक्रमणको पारासिटामोलको ५०० एमजीको एक ट्यावलेटले ज्वरो कम नभएको गुनासो पनि आयो । त्यो पारासिटामोलको अभाव नेपाल भित्रका फर्मा कम्पनीले आफ्नो क्षमता अनुसार पुरा गर्न कोशिस गरे भने केहि विदेशबाट आयात पनि भयो ।

कर्मचारीको तलब बढ्यो तर बढेन मूल्य


२०६५ सालबाट हाल सम्म आउँदा एउटा सबै भन्दा न्यून तहको कर्मचारीको तलब रु.३ हजार ३०० बाट १५ हजार ५०० पुग्यो । देशले गर्ने व्यापार (इन्धनको मुल्य यदि डिजेललाई रिफरेन्स लिने हो भने ५२ —५५ को वरपर रहेको मूल्य हाल १३८ रुपियाँ पुगेको छ ।

वजनको असर

विभिन्न सघ सस्थाबाट भएको अध्ययन अनुसार एउटै वजन भएको व्यक्तिले ५०० एम जी र ६५० एम जीको ट्यावलेट खाँदा उनीहरुको रगतमा पारासिटामोलको केन्द्रिकृत मात्रामा खासै फरक देखिदैन । बरु यदि व्यक्तिको वजन बढि भएमा औषधिको रगतमा आवश्यक औषधिको न्यूनतम मात्रा नपुग्न सक्छ ।

पारासिटामोल औषधिको सामान्य ५०० एमजी ट्यावलेट र ६५० एमजी कन्ट्रोल रिलिज ट्यावलेटको सेवनपछि शरीरमा पारासिटामोलको मात्राको मूल्याङ्कन गर्दा र असरको मूल्याङ्कनका साथ भएको अध्ययनबाट के देखिन्छ भने एउटा बिरामीले ५०० एमजीको ट्यावलेट २४ घण्टामा ४ —४ घण्टाको फरक बाट औषधि खाँदा देखिएको असर ६५० एमजीको ट्यावलेट ६—६ घण्टामा खाँदा देखिने असर बराबर देखिएको छ । यसबाट के देखिन्छ भने ५०० एमजीको ट्यावलेट खाँदा ३ ग्राम खानुपर्ने देखियो भने ६५० एमजीको ट्यावलेट खादा २.६ ग्राम मात्र खाए पुग्ने देखिन्छ ।

एक हजार एमजीको पनि किन उत्पादन नगर्ने ?

यि सम्पूर्ण तथ्यांकहरु केलाउँदा हामी औषधि व्यवस्था विभागसँग पारासिटामोल औषधिको हाम्रो देशमा नभएका किसिम, शक्तिका औषधिहरु बनाउन औषधि कम्पनिहरुलाई सहजता गराउन या बाटो खोल्न आवश्यक पहल गर्न, समय सापेक्ष मूल्य समायोजन गर्न सहयोग या झकझकाउन आवश्यक देखिन्छ । साथै पारासिटामोलको १००० एमजीको ट्यावलेटको तथ्यांक हेर्दा विरामीले २४ घण्टामा २ ट्यावलेट मात्र खाँदा आवश्यक असर देखिने हँुदा मुल्य भन्दा पनि बिरामीलाई अनावश्यक मात्रामा औषधि लिनबाट बचाउनतिर कदम चाल्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्