कोरोनाको पूर्ण खोप लगाएको तीन महिनामा बुस्टर खोप लगाउन पाइने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिड–१९ को पूर्ण खोप लगाएको तीन महिनामा बुस्टर खोप दिने व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको हो ।
यसअघि कोभिड –१९ को पहिलो श्रृंखला खोप लगाएको ६ महिनापछि मात्र बुस्टर डोज दिनुपर्ने सरकारी नीति थियो ।
