Logo
|
Friday 26th April 2024
Logo

epaper

मोबाइल एप्लिकेशन सार्वजनिक गर्दै स्वास्थ्य बीमा बोर्ड



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ । छैटौँ वार्षिकोत्सवको अवसर पारेर बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको विहिबार आयोजित पत्रकार सम्मेलन जानकारी दिइएको हो ।

चैत्र २५ गते सार्वजनिक गरिने यस एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाइने बोर्डका सूचना अधिकारी सोभियत रिजालले बताउनुभयो ।

एचआईबी नामक मोबाइल एप्लिकेसन स्वास्थ्य बीमा दिवसको अवसरमा सार्वजनिक गरिनेछ । एचआईबी एप्लिकेसनबाट नवीकरण गर्ने समय भए नभएको समेत थाहा पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्