Logo
|
Friday 26th April 2024
Logo

epaper

बागमती प्रदेशमा १२ लाख बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने



जनस्वास्थ्य सरोकार, काठमाडौं । बागमती प्रदेशमा १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ।

यहि चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने टाइफाइडविरुद्धको खोप अभियानमा बागमती प्रदेशका १५ महिनादेखि १५ वर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ बालबालिकालाई टाइफाइडको खोप दिइने भएको हो ।

बागमती प्रदेशका १३ जिल्लामा खोप अभियानका लागि ६ हजार ५ सय २० खोप केन्द्र निर्धारण गरेको छ। यी खोप केन्द्रमा ८ हजार ८ सय ५८ जना खोपकर्मी परिचालन हुनेछन् । टाइफाइडको संक्रमण बढ्दो देखिएपछि नेपाल सरकारले पहिलो पटक राष्ट्रिय खोप अभियान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्