Logo
|
Friday 26th April 2024
Logo

epaper

चितवनमा आयोजित नेपाल फर्मा एक्स्पोबाट के कुरा सिक्न पाइन्छ ?

तीन दिनमा राष्ट्रपतिदेखि उद्योग र स्वास्थ्यमन्त्रीसम्मको उपस्थिति रहने तालिका




जनस्वास्थ्य सरोकार, काठमाडौं । आगामी शुक्रबारदेखि चितवनमा हुन लागेको ३ दिने आठौं ‘नेपाल फर्मा एक्स्पो २०२२’ मा मार्केटिङ ट्रेनरहरुका लागिसमेत स्टल राखिएको छ । अहिलेसम्म १ सय ६० पटा स्टल वुकिङ भइसकेका छन् । त्यसमा नेपाली, वंगलादेशी, चाइनिज र भारतीय कम्पनिहरुले भाग लिएका छन् ।


एक्स्पोका लागि प्रायजसो मेसिनरी, ल्यावका सामानहरु, इन्फाइस्ट्रक्चरसँग सम्बन्धित समान, कच्चा पदार्थ, प्याकिङ म्याटेरियल, मार्केटिङ, प्रोडक्सनलगायत ट्रेनरहरुका लागि समेत स्टल राखिएको छ । लगभग स्टलहरु फूल भइसकेको नेपाल फर्मा एक्स्पो २०२२ का मिडिया को—अर्डिर्नेटर एवं नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले बताउनुभयो ।


एक्स्पोसँग सम्बन्धित रहेर बजार प्रतिनिधि, फर्मासिष्ट, उद्योगको मेसिनरीमा काम गर्ने जनशक्तिहरुलाई स्किल डेभलप्मेन्टसम्बन्धि तालिम दिने सेमिनारहरु पनि शुरु भइसकेका छन् । भर्खरै ६० जना बजार प्रतिनिधिहरुको तालिम सकिएको छ । ४० जना म्यानेजर तहका व्यक्ति र १५० जना फर्मासिष्टहरुको तालिम बिहीबार हुँदैछ । शनिवार ४० जना डाक्टरहरुलाई औषधिसम्बन्धि तालिम दिने कार्यक्रम छ यसैगरी सोही दिन २० जनाको दरले २ ग्रुप गरेर उद्योगमा काम गर्ने टेक्निकल जनशक्तिहरुलाई तालिमको व्यवस्था गरेको उपाध्यक्ष बरालले जनस्वास्थ्य सरोकारलाई बताउनुभयो ।


फर्मा एक्स्पो गर्नुको उद्देश्य विश्वस्तरीय मेसिनरीबाट अन्तर्राष्ट्रियस्तरको औषधि नेपालमै उत्पादन हुन्छन्, अन्तर्राष्ट्रियस्तरका मेसिनहरु, टेक्नोलोजी, ल्याव र इन्फाइस्ट्रक्चरमा प्रयोग हुने सामाग्रीहरु प्रयोग हुन्छन् भन्ने बारे जानकारी दिने यसको प्रमुख उद्देश्य हो । डाक्टर, पारामेडिक्स, औषधिका थोक र खुद्रा बिक्रेताहरुलेसमेत ज्ञान हाँसिल गर्नेछन् । यसैगरी नयाँ उद्योग खोल्न चाहने उद्यमीहरुका लागि औषधि उत्पादनका प्रविधि र प्रक्रियाबारे जानकारी लिने राम्रो अवसर प्राप्त हुनेछ ।


एक्स्पोको अवलोकनका लागि यसपाली सञ्चार माध्यमलाई अलि धेरै फोकस गरिएको छ । बराल भन्नुहुन्छ—‘सञ्चारको माध्यमबाट आम जनमानसमा जनचेतना अभिवृद्धि हुने त एउटा पाटो छँदै छ । त्यसको अलवा औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, कच्चा पदार्थ, जनशक्ति र औषधि उत्पादकहरुको समस्याबारे सञ्चारमाध्यममा बसेर काम गर्नेहरुले राम्रोसँग देख्न र अनुभव गर्न पाउनेछन् ।’ नेपाली औषधि उत्पादनमा यति धेरै अत्याधुनिक प्रविधिहरु प्रयोग गरिएका छन् कि अन्तर्राट्रियस्तरका कुनै पनि औषधि भन्दा कम छैनन् भन्ने सञ्चारकर्मीहरुलाई विश्वास दिलाउन चाहेको उपाध्यक्ष बरालले स्पष्ट पार्नुभयो ।


एक्स्पो बिहान १० बजेबाट शुरु हुन्छ । १ बजे राष्ट्रपतिबाट उद्घाटन गर्ने तालिका छ । दोस्रो दिन उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु र तेस्रो दिन स्वास्थ्यमन्त्रीले एक्स्पोको अवलोकन गर्ने तालिका तय भएको छ ।

उपाध्यक्ष बरालका अनुसार, अहिले मुलुकमा बार्षिक कुल ९० देखि ९५ अर्बको बीचमा औषधिको बजार छ । यसको बीचमा होलसेल र कम्पनि दर आउँछ । बिरामीले ९५ अर्बको औषधि किन्छन् भने रिटेलरले ९० अर्बमा बेच्छन् र होलसेलरले ८० अर्बमा दिन्छन् र कम्पनिहरुले उनीहरुलाई ६५ देखि ७० अर्बमा बेच्छन् । त्यसमा ४५ प्रतिशतभन्दा बढी स्वदेशी उत्पादनको हिस्सा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्