Logo
|
Monday 27th January 2025
Logo

epaper

इमर्जेन्सी नर्सिङ तालिममा ह्याम्स फ्लप : पहिलो भन्ने प्रचारवाजी



ह्याम्समा २०७८ साल चैत्र ६ गतेबाट भनिएको इमर्जेन्सी नर्सिङ तालिममा नर्सहरु नआएपछि १५ गतेलाई सारिएको थियो ।

जनस्वास्थ्य सरोकार, काठमाडौं । इमर्जेन्सी नर्सिङ तालिममा ह्याम्स हस्पिटलले फ्लप खाएको छ । प्रति नर्स ४० हजार रुपियाँ शुल्क बुझाएर तीन महिने तालिम लिन आव्हान गरेको अवधिमा हस्पिटलमा आवश्यक कोटामा नर्स नआएपछि तत्कालको लागि तालिम क्यान्सिल गरिएको छ ।

निजी अस्पतालबाट इमर्जेन्सी नर्सिङ तालिम शुरु गर्ने पहिलो भन्ने प्रचारवाची गरिदै आएको थियो ।

३० जना नर्सहरुबाट १२ लाख रुपियाँ शुल्क उठाउने योजना बनाइएको थियो ।
गत २०७८ साल फागुन २५ गतेसम्म इच्छुक नर्सहरुले फाराम भरिसक्नुपर्ने थियो । फागुन ९ गते चैत ६ गतेबाट तालिम सञ्चालन गर्ने भनेर प्रेस विज्ञप्ति नै जारी गरिएको थियो ।

hams-hospital-1-press


‘सोसाइटी अफ इमर्जेन्सी नर्सेस अफ नेपाल’ सँगको सहकार्यमा नर्सहरुलाई अझ धेरै पेशागत सीपको विकास गरेर बिरामीलाई गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्ने भनिएको थियो ।


तर दुई जना २ जना नर्सले मात्र इच्छा व्यक्त गरे । धेरै समय कुरियो तर कोही आएनन् । अनि यो कार्यक्रम कोरन पुगेपछि पुन शुरु गर्ने र हाललाई तोकिएको समयमा तालिम दिन नसकिएको अस्पतालकी नर्सिङ डाइरेक्टर बरुणा पौडेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस्