Logo
|
Saturday 20th April 2024
Logo

epaper

ब्लड बैंकमा रगत परीक्षणः प्रयोगमा नयाँ प्रविधि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कसैलाई रगत आवश्यक परेमा लिन जाने ठाउँ हो ब्लड बैंक । यसरी लिने रगत स्वस्थ्य हुनुपर्छ । अन्यथा रक्तसंक्रमणको उच्च जोखिम हुनसक्ने सम्भावना रहन्छ । रक्तसंक्रमणको जोखिम कम गर्न निश्चित व्यक्तिबाट संकलन भएको रगतमा संक्रमणजन्य रोग एचआईभी, एचबीई, एचसिभी र सिफेलिस टेष्ट गर्नुपर्छ ।

रगत स्वस्थ्य प्रमाणित भएपछि मात्र अर्को व्यक्तिमा ट्रान्सफर गर्न मिल्छ । यसरी संकलन भएको रगत परीक्षण गर्न ब्लड बैंकले परम्परागत परीक्षणभन्दा एक स्टेप माथि उठेर नयाँ प्रविधि केमिल्युमिनेसन्स (CLIA) अवलम्बन गरेको छ । यो व्लड ह्युमन डिजिज डायग्नोसिस गर्ने मेसिन हो । क्लिया पछिल्लो पुस्ता अन्तर्गतको टेक्नोलोजी हो ।


रगत पूर्ण रुपमा सुरक्षित भएको ग्यारेन्टी भएपछि मात्र अर्को व्यक्तिलाई रगत ट्रान्सफर गर्नुपर्छ भन्ने मान्यताका साथ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गाइडलाइनअनुसार नेपाल रेडक्रस सोसाइटीले अत्याधुनिक क्लिया टेक्नोलोजीमार्फत नेपालभित्र रक्त संक्रमणको जोखिम कम गर्न खोजेको देखिन्छ ।


रगत परीक्षणमा क्लिया टेक्नोलोजी बढी संवेदनशील, थप प्रभावकारी र प्रिसाइज मानिन्छ । यो फूल्ली अटोमेटेड विधिबाट सञ्चालित हुने भएकाले मानवीय त्रुटी कम हुन्छ । यसमा रगतको नमुनासँग क्रस कन्टामिनेसन हुन पाउँदैन । ब्लड बैंकले क्लिया प्रविधिलाई अवलम्बन गर्नुपूर्व एलाइजा पद्धति प्रयोग गर्दै आएको थियो । जुन परीक्षण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को रिकमन्डेसनमा पर्दैनथ्यो ।


ब्लड बैंकमा बार्षिक ४० हजार पिन्ट रगत संकलन हुने गर्छ । यहाँबाट विभिन्न कम्पोनेन्टहरु बनाएर समेत गरी बार्षिक करिब ९० देखि ९५ प्रतिशतसम्म रगत आपूर्ति हुँदै आएको छ ।

क्लियाका मुख्य फाइदा

एक पटकमा १ सय २० नमुना टेष्ट गर्न सकिन्छ । यसमा पहिलो नमुना १७ देखि २० मिनेटमा टेष्ट गर्न सकिन्छ । एकघण्टाभित्र चार वटै प्यारामिटरको रिपोर्ट प्राप्त गर्न सकिन्छ । एकल टेष्ट गर्न पनि मिल्छ । समयको बचत हुन्छ । कुनै पनि ट्रमा लगायत तुरुन्त टेष्ट गरेर दिनुपर्ने अवस्थामा तत्काल रिपोर्ट उपलब्ध गराउन सकिन्छ ।

यो मेसिनले कोभिड—१९ कोरोना भाइरस पनि डिटेक्सन गर्छ । एन्टिजेन र एन्टिवडी एकैपटक गर्न मिल्ने पहिलो इटालियन कम्पनिको उत्पादन हो क्लिया मेसिन । यो रिसर्च वेस कम्पनि हो । विशेषगरी यसले शरीरले फाइट गर्ने इम्युन सिस्टमका बारे थप जाँच गर्छ । इम्युन सिस्टमबाहेक यसले अरु पनि रिप्रोडक्टिभ प्यारामिटर, बोन स्ट्रेन्थ, ट्युमर मार्करलगायत १ सय २२ वटा टेष्ट गर्छ । तर एलाइजा पद्धतिमा रिपोर्ट उपलब्ध गराउन करिब २ घण्टा लाग्छ । यसमा एकल टेष्ट गर्न मिल्दैन ।

सञ्जिव ठाकुर/ ल्याब इन्चार्ज एवं वरिष्ठ प्राविधिक अधिकृत
ब्लड बैंक, नेपाल रेडक्रस सोसाइटी

‘वास्तवमा थालेसिमिया, बालबालिका, गर्भवती महिला, डायलाइसिस गराइरहेकालगायत अशक्त बिरामीहरुलाई नै बढी रगत चढाउनुपर्छ । जथाभावी रगतको प्रयोग गर्दा ट्रान्सफ्युज ट्रान्सपिसेबल इन्फेक्सन हुनसक्छ । यस टेक्नोलोजीले क्रस कन्ट्यामिनेसन, फल्स नेगेटिभ रिपोर्ट र वीन्डो पिरियडलाई पहिचान गर्छ ।

यसबाट बिरामीले पाउने रगत सुरक्षित हुन्छ । यसको रि– एजेन्ट क्लोज सिस्टममा आउँछ । यसमा क्रस कन्टामिनेसन निरुत्साहित गर्न माइक्रो ट्युब, वासिङ सोलुसन, कन्ज्युमेबल लगायत धेरै फिचरहरु उपलब्ध छन् । यो टेक्नोलोजी अलि खर्चिलो छ तर नेपाल रेडक्रस सोसाइटी गैर—नाफामुलक संस्था भएकाले सकेसम्म न्युनतम मूल्यमा जनतालाई सेवा दिनु यसको मुल उद्धेश्य हो ।’

श्रमिक श्रेष्ठ, वायोमेडिकल इन्जिनियर

‘रगतमा एचआईभी, एचबीई, एचसिभी र सिफेलिसजस्ता संक्रमणजन्य टेष्ट गर्दा क्लिया मेसिनमा चार वटै रि—एजेन्ट प्रयोग गरिएका हुन्छन् । छुट्टाछुट्टै रोबोटिक अटोमेसन भएर परीक्षण हुने भएकाले क्लिया मेसिनमा क्रस कन्टामिनेसन र क्रस म्याच हुन पाउँदैन ।’

हाल जडान गरिएको क्लिया टेक्नोलोजी डायासोरिन नामक इटालियन कम्पनीको उत्पादन हो । वेब ट्रेडिङ कन्सर्नले डायसोरिन कम्पनीसँग सन् २०१३ देखि सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्