Logo
|
Friday 26th April 2024
Logo

epaper

उपचारमा लापरवाही गरेको भन्दै ग्राण्डी अस्पताललाई ३५ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश



जनस्वास्थ्य सरोकार, काठमाडौँ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नवजात शिशु रिहानको उपचारमा लापरवाही गरेको भन्दैं अदालतले ३५ लाख क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

सोमबार उच्च अदालत पाटनले दुई वर्षपछि सन्जीवचन्द्र न्यौपानेले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीस सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको हो।

२७ फागुन २०७६ मा सन्जीवले छोरा रिहानको उपचारमा संलग्न चिकित्सक, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र मेडिकल काउन्सिल विरुद्ध उच्च अदालत पाटनमा मुद्धा हालेका थिए ।

रिहानका बुवा सन्जीव र आमा एकता घिमिरे सुरुमा ग्राण्डीले रिहानको उपचार लापरवाही गरेको भन्दैं मेडिकल काउन्सिलमा पुगेका थिए । काउन्सिलले घटनामाथि अनुसन्धान गर्दै उपचारमा संलग्न चिकित्सकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उपचारकै क्रममा रिहानमा ब्याक्टेरियाको गम्भीर संक्रमण देखिएको थियो । अस्पतालले रिहानको टाउकोको ५ पटक शल्यक्रिया गरिएको थियो । सो क्रममा शिशुलाई झण्डै १० महिना अस्पतालमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्