Logo
|
Wednesday 24th April 2024
Logo

epaper

काठमाडौं महानगरमा आजदेखि तीन दिनसम्म कोरोना विरुद्धको खोप अभियान सञ्चालन



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (बिहीबार) देखि तीन दिनसम्म कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाले महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानबाट मोर्डना र फाइजर खोप दिन लागेको हो ।

पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई मोर्डना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिन सकिने महानगरले स्पष्ट पारेको छ ।

दोस्रो डोज वा बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेले परिचय खुल्ने कागजात ल्याउनु पर्ने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्