आयोगले बढायो चिकित्सा शिक्षा अध्ययनको शुल्क, कुन विषयमा कति बढ्यो ? (शुल्कको सूची सहित )

जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको छ। मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो।
स्नातक तहका सबै विषयमा लागि ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय भएको आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले जानकारी दिनुभयो ।
अबको शैक्षिक सत्रमा एमबीबीएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रुपैयाँ र उपत्याकाबाहिर ४५ लाख ९५ हजार ७२१ पुगेको आयोगले जानकारी दिएको छ । त्यसैगरी बीडीएसको शुल्क २० लाख ९२ हजार २८४ पुगेको छ।
बीएससी नर्सिङको १० लाख ३६ हजार रुपैयाँ, बीएएमएसको ११ लाख ३१ हजार ९३३, बीएनएस एन्ड पीबीएनको ५ लाख १८ हजार, बीपीटी/बीएससी एमएलटीर/ बीएससी एमआईटी /बीएससी मेडिकल माईक्रोबायोलोजी बायोकेमेस्ट्रीको ७ लाख ७७ हजार, बी फार्मा बीपीएच बीओपीटीएम बीएएसएलएपीको ७ लाख ७७ हजार पुगेको आयोगले जानकारी दिएको छ ।
कार्यक्रम | बढेको शैक्षिक शुल्क |
एमबीबीएस (उपत्यका भित्र) | ४१,६८,०८७ |
एमबीबीएस (उपत्यका बाहिर) | ४५,९५,७२१ |
बीडीएस | २०,९२,२८४ |
बीएससी नर्सिङ | १०,३६,००० |
बीपीटी/बीएससी एमएलटी/ बीएससी एमआईटी बीएससी मेडिकल माईक्रोबायोलोजी/बायोकेमेस्ट्री | ७,७७,००० |
बीएएमएस | ११,३१,९३३ |
बीएनएस एन्ड पीबीएन | ५,१८,००० |
बी फार्मा/बीपीएच/बीओपीटीएम/बीएएसएलएपी | ७,७७,००० |
एमडी/एमएस क्लिनिकल | २३,८१,७६४ |
एमडी/एमएस बेसिक साईन्स | १०,८५,८६७ |
एमडीएस क्लिनिकल | २३,८१,७६४ |
एमडीएस बेसिक साईन्स | १०,८५,८६७ |
एमडी आयुर्वेद | ९,५७,६४२ |
एमएन/एमएससी नर्सिङ/एमपीएच | ९,२०२२७ |
एम फार्मा | ५,१९६५७ |
एम.एससी मेडिकल/माईक्रोबायोलोजी/बायोकेमेस्ट्री/एमएससी एमआईटी/एमएलटी | ७,५७,८३४ |
एमएससी बेसिक साईन्स | ७,५७,८३४ |
एम फील क्लिनिकल साईकोलोजी | ३,०४,२१६ |
डीएम/एमएचसी | २५,९०,००० |