Logo
|
Thursday 18th April 2024
Logo

epaper

अर्थमन्त्री शर्माले सरकारको बिमा नीति बुझ्न नसकेको भन्दै संसदद्धारा चर्को बिरोध

स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई दिने योजनाको समर्थन गर्न सकिदैँन – सांसद गिरिराजमणि पोखरेल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीमार्फत अघि बढाउने अर्थमन्त्री जननार्दन शर्माको योजनाको संसदहरुले चर्को विरोध गरेका छन् ।


बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमासम्बन्धी कार्यक्रम बिमा कम्पनीलाई दिने गरी बजेटमा ल्याएको कार्यक्रमलाई समर्थन गर्न नसकिने बताउनुभएको हो । उहाँले अर्थमन्त्री शर्माले सरकारको बिमा नीति बुझ्न नसकेको बताउनुभयो ।


पोखरेलले स्वास्थ्य बीमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र निजी क्षेत्रले ल्याएको बीमा जस्तो नभएकाले कम्पनीलाई दिनु नहुने स्पष्ट पर्नुभयो ।


त्यसैगरी, स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीमार्फत अघि बढाउने अर्थमन्त्री शर्माको योजनाको पूर्व स्वास्थ्यमन्त्री गगन थापाले समेत चर्को विरोध गर्नुभएको छ । नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका थापाले सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण नै शर्माले नबुझेको बताउनुभयो ।


आफूले पनि एकपल्ट मन्त्रालय चलाउने अवसर पाएको उल्लेख गर्दै थापाले हरेक मन्त्रालयका आफ्नै कार्यक्रम र योजना हुने बताउनुभयो । अर्थ मन्त्रालयले दिएको सिलिङमा उक्त योजना कार्यान्वयन गर्न खोजिरहेको हुने उहाँको भनाइ छ ।


बजेटका सिलिङका विषयमा अर्थ मन्त्रालयले छलफल गर्न सक्ने भए पनि आधारभूत कार्यक्रम नै चलाउन भने नसक्ने मन्त्री थापाले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्