Logo
|
Saturday 27th July 2024
Logo

epaper

चीनमा अध्ययनरत मेडिकल विद्यार्थीहरु अध्ययन निरन्तरताका लागि पुनः जान पाउने, पहिलो चरणमा २८१ जनाको नाम सार्वजनिक

भिसाका लागि अविलम्ब निवेदन दिन शिक्षा मन्त्रालयको आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड १९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीका कारण अध्ययन गर्न जान नपाएका चीनका विभिन्न विश्वविद्यालयहरुमा मेडिकल अध्ययनरत नेपाली विद्यार्थीहरू अब जान पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुचना जारी गरी पहिलो चरणमा दुई सय एकासी जना विद्यार्थीहरूलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरेको जनाएको छ ।

मन्त्रालयले सो सूचीमा रहेका विद्यार्थीहरूले भिसा प्राप्तिका लागि अविलम्ब निवेदन गर्नसमेत अनुरोध गरेको छ ।

china-jpg

प्रतिक्रिया दिनुहोस्