थप १३ जनामा कोरोना संक्रमण, ९ जना डिस्चार्ज

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५७९ जनाको पीसीआर र १ हजार ५५ जनाको एन्टीजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हाल निको हुनेको संख्या ९ लाख ६७ हजार १३७ जना पुगेको छ। देशभर हाल ११० जना सक्रिय संक्रमित छन् ।