Logo
|
Thursday 25th April 2024
Logo

epaper

पेडियाट्रिक आस्थ्मा एलर्जी इम्युनोलोजी प्राक्टिक्सनर्स सोसाइटी अफ नेपाल (प्याइप्सन) गठन



जनस्वास्थ्य सरोकार, काठमाडौं । मेडिकल डाक्टरहरुको मल्टिस्पेशियालीटी सोसाइटी ‘पेडियाट्रिक आस्थ्मा एलर्जी इम्युनोलोजी प्राक्टिक्सनर्स सोसाइटी अफ नेपाल (प्याइप्सन)’ गठन भएको छ ।


बालरोग विशेषज्ञ डा. महेशकुमार गौतमको अध्यक्षतामा विधिवत् रुपमा दर्ता गरी गठन भएको सो कमिटीको उपाध्यक्षमा नाक कान घाँटी रोग विशेषज्ञ डा. एलिसा महर्जन, सचिवमा आँखा रोग विशेषज्ञ डा. तेज्सु सिंह मल्ल, कोषाध्यक्षमा वालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने र सहसचिवमा बालरोग विशेषज्ञ डा. श्रीराम प्रसाद शाह रहनुभएको छ । यसैगरी कमिटीको सदस्यहरुमा छाला रोग विशेषज्ञ डा. एलिना कार्की, नाक कान घाँटी रोग विशेषज्ञ डा. चन्दन वरन्वाल, बालरोग विशेषज्ञ डा. सुसन श्रेष्ठ र बाल रोग विशेषज्ञ (ग्याँस्ट्रो) डा. छिरिङ योञ्जन हुनुहुन्छ ।


राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले प्याइप्सनको विधिवत् रुपमा उद्घाटन गर्दै कमिटीका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठसमेतको उपस्थिति रहेको प्याइप्सन उद्घाटन समारोहमा नेपाल पेडियाट्रिक एसोसिएसन अफ नेपालका अध्यक्ष डा. गणेश कुमार राई, नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल, सोसाइटी अफ डर्माटोलोजी एण्ड भेनेरेलोजिष्ट अफ नेपालकी अध्यक्ष प्रा.डा. सविना भट्राई, त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जकी नाक कान घाँटी रोग विभागकी प्रमुख प्रा.डा.नरमाया थापा, पेडियाट्रिक नर्सिङ एसोसिएन अफ नेपालकी सचिव सुचना सापकोटाले शुभकामना व्यक्त गर्नुभएको थियो ।


एउटै विधाबाट मात्र नभई जसले कुनै न कुनै रुपमा एलर्जीको उपचार गर्दै आएका पेडियाट्रिसियन, नाक कान घाँटी, डर्माटोलोर्जी, आँखा, पेट रोग विशेषज्ञलगायत सबै विधाका डाक्टरहरु मिलेर बनेको एउटा प्लेटफर्म हो प्याइप्सन ।
प्रायजसो एलर्जी प्राक्टिस गर्ने, एलर्जीसम्बन्धि कुनै न कुनै डिग्री लिएका र त्यसमा चाहना भएका व्यक्तिहरुले सोसाइटीको सदस्यता लिनसक्ने प्याइप्सनले जनाएको छ ।


अहिलेसम्म पनि एलर्जीको रोग हो र यसले गर्दा दीर्घकालीन असर गर्नसक्छ भन्ने जनचेतना सर्वसाधारण र स्वास्थ्यकर्मीहरुमा न्युन ज्ञान भएकाले जनचेतना अभिवृद्धि गर्न र सही डाक्टरबाट बिरामीले उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले प्याइप्सन एउटा प्लेटफर्म भएको अध्यक्ष महेशकुमार गौतमले बताउनुभयो । सो अवसरमा डा. चन्दन वरन्वालले नेपालको वर्तमान एलर्जीको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

प्राय बालबालिकाहरुमा ८० देखि ९० प्रतिशत र वयस्कहरुमा झन्डै ४० देखि ५० प्रतिशतलाई एलर्जीकै कारण दम हुने गरेको बताइन्छ । ४० वर्ष नकटेका, चुरोट नखाने, प्रदूषणयुक्त औधोगिक क्षेत्रहरुमा नबस्ने व्यक्तिहरुमा यदि दम देखिएमा एलर्जीको संभावना रहनसक्ने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्