Logo
|
Friday 31st March 2023
Logo

epaper

चिकित्सा शिक्षाको स्नातक तहमा ३.६ प्रतिशत शुल्क बढाउने निर्णय

कुन विषय पढ्न कति लाग्छ ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षाको लागि नयाँ शुल्क निर्धारण गरिएको छ। १७ जेठमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आयोगको नवौँ बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा ३.६ प्रतिशत शुल्क बढाउने निर्णय गरेको हो।

नयाँ शूल्क अनुसार काठमाडौं उपत्यकाभित्र एमबीबीएस शुल्क ४१ लाख ६८ हजार ९० रुपैयाँ तोकिएको छ। उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ तोकिएको छ।

यस्तै, बीडीएसका लागि २० लाख ९२ हजार २९० रुपैयाँ शुल्क निर्धारण भएको छ। बीएस्सी नर्सिङका लागि १० लाख ३६ हजार रुपैयाँ शुल्क तोकिएको छ।

आयोगले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङसहित ५६ ओटा विषयको नयाँ शुल्क निर्धारण गरेको छ।

शैक्षिक सत्र २०७८/७९ बाट नयाँ शुल्क लागू हुने आयोगले जनाएको छ।

MBBS-Fees-compressed-compressed

प्रतिक्रिया दिनुहोस्