Logo
|
Friday 26th April 2024
Logo

epaper

‘मंकीपक्स’को आशंकामा टेकु अस्पताल भर्ना भएका युवकमा कुष्टरोग पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । दुबईबाट आएका युवकमा मंकिपक्स भाइरस नभएको पुष्टि भएको छ ।


ती युवकको स्वास्थ्य परीक्षणका क्रममा कुष्ठरोगको किटाणु भेटिएको अस्पतालका प्रवक्ता डा. किजन महर्जनले जानकारी दिनुभयो । कुष्ठरोगको पुष्टि भएसँगै मंकिपक्स भाइरसको संक्रमण नरहेको उहाँले स्पष्ट पार्नुभयो ।


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका एक युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंका गरेर सरुवा रोग अस्पताल टेकुमा पठाएको थियो ।


ती युवकको ढाड र हातमा ‘मंकीपक्स’ भाइरसको जस्तो देखिने राता बिबिरा प्रशस्तै रहेकोले ‘मंकीपक्स’ संक्रमणको आशंका गरिएको थियो ।


मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएकाले सरुवा रोग अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्