Logo
|
Friday 26th April 2024
Logo

epaper

भारतमा थपिए १७ हजार बढी कोरोना संक्रमित



जनस्वास्थ्य सरोकार, नयाँदिल्ली। बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना संक्रमित भएका बिहीबार जनाइएको थियो।

हाल भारतमा ८८ हजार २८४ सक्रिय संक्रमित रहेका समाचारमा जनाएको छ। सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ०।२० प्रतिशत हो।


पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या चार करोड २७ लाख ४९ हजार ५६ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ।

कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २४ हजार ९०० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ७७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ।

यहाँ कोरोना संक्रमण सुरु भएबाट हालसम्म ८५ करोड ९८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ। एएनआई

प्रतिक्रिया दिनुहोस्