Logo
|
Friday 26th April 2024
Logo

epaper

यस्तो छ स्वास्थ्य राज्यमन्त्री केसीको जिम्मेवारी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीको कार्य विभाजन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङ र राज्यमन्त्री केसीको उपस्थितिमा कार्य विभाजन भएको हो । 

जसअन्तर्गत राज्यमन्त्री केसीलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ ।

यस्तै, मन्त्रालय वा यस अन्तर्गतका वा सो अन्तर्गत रहेका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने, समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने रहेको छ ।

यस्तै, विशिष्टीकृत अस्पतालहरूको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा राय सहित पेश गर्ने अख्तियारी स्वास्थ्य राज्यमन्त्रीलाई दिइएको छ । विशिष्टीकृत अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड सम्बन्धी विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने अधिकार पनि राज्यमन्त्रीलाई दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्