Logo
|
Tuesday 21st March 2023
Logo

epaper

संक्रमणमुक्त हुने भन्दा नयाँ संक्रमित तीन गुणा बढी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१५ परीक्षणमा ७८ जनामा संक्रमण भएको हो।

जसमध्‍ये १३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २१३१ जनाको एन्टिजेन परीक्षण १८ गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया दिनुहोस्