Logo
|
Friday 26th April 2024
Logo

epaper

औषधि व्यवस्था विभागले लगायो ‘बायोडी ड्रप्स’ औषधि बिक्री वितरणमा रोक



जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले बालबालिकामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको बिक्री वितरणमा रोक लगाएको छ।

विभागले बिहीबार सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्न नकारात्मक असर देखिकाले बिक्री वितरण गर्न रोक लगाएको जनाएको हो ।

उक्त औषधि बच्चालाई भिटामिन सी को रूपमा खुवाउने गरिन्थ्यो। उक्त औषधि भारतको जी प्रयोगशालाबाट उत्पादन गरिएको हो।

सूचनामा औषधि ऐन, २०३५ बमोजिम विभागबाट अनुमति नभएका वस्तु औषधिका रूपमा मान्न नसकिने तथा सोको गुणस्तर तथा सुरक्षित र प्रभावकारिता बारेमा समेत एकिन नहुने हुँदा त्यस्ता वस्तुको पैठारी तथा बिक्री वितरण नगर्न र औषधिका रूपमा प्रयोग नगर्न विभागका महानिर्देशक भरत भट्टराईले आग्रह गर्नुभएको छ ।

हाल बजारमा उपलब्ध कतिपय भिटामिन तथा लवणका सार तत्व भएका भनिएका वस्तु र औषधि स्वास्थ्यका दृष्टिले अनावश्यक र उपयोगिता नहुने भएकोले त्यस्ता वस्तु र औषधिलाई प्रतिबन्ध लगाइएको विभागद्धारा जारी सूचनामा भनिएको छ।

महानिर्देशक भट्टराईले ट्याब्लेट, क्याप्सुल तथा झोललगायत औषधि र खाद्य समपुरकका रूपमा रहेका वस्तुको अत्यधिक पैठारी गरी सञ्चय, बिक्री वितरण र प्रयोग भइरहेको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्