Logo
|
Friday 26th April 2024
Logo

epaper

उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

आज थपिएसंगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्