Logo
|
Friday 29th March 2024
Logo

epaper

मौसमी रुघाखोकीबाट कसरी बच्ने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सबैभन्दा बढी देखिने स्वास्थ्य समस्यामा पर्छ रुघाखोकी र ज्वरो । पछिल्ला केही दिन रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने लगायतका समस्या लिएर अस्पताल पुग्नेको संख्या बढ्दो छ ।

मौसम परिवर्तनसँगै शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि असन्तुलन पैदा हुन्छ । यसले गर्दा एलर्जीलगायतका विभिन्न समस्या निम्तने गर्छ ।

यस्तो अवस्थामा नाक, श्वासप्रश्वास, स्किन र खाद्यपदार्थ सेवनलगायतका एलर्जी हुन सक्छ । मौसममा परिवर्तन हुँदा केटाकेटी, महिला र बृद्धबृद्धामा एलर्जीको सम्भावना पाँचदेखि आठ प्रतिशतले बढ्ने गर्छ ।

अहिले मौसमी रुघाखोकीको सिजन नभएकाले यस्तो समस्या देखा पर्नुको कारण के हो रु यो समस्याबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ रु

रुघाखोकीको सिजन होइन

सामान्यतया मौसम परिवर्तन हुने समयमा र जाडो मौसममा रुघाखोकी र ज्वरोको समस्या देखिन्छ । अहिले रुघाखोकीको सिजन त होइन, तर धेरै जनामा रुघाखोकी र ज्वरोको समस्या भने देखिइरहेको छ ।

मौसमी बिमारी कहिले हुन्छ?

नेपालमा वर्षमा दुईपटक जाडो याम सकिएपछि चैत्र बैशाखतिर र बर्खा सकिने भदौतिर भाइरसका कारण हुने बिमारी बढ्ने गरेको छ।

यसपटक रूघाखोकी लगायत भाइरस र ब्याक्टेरीयाका कारण हुने सङ्क्रमणका बिरामीहरू ठूलो मात्रामा अस्पताल पुगेका छन्।

मौसमी भाइरल ज्वरो र डेङ्गीका धेरै लक्षणहरू मिल्ने भएकाले रोग पहिचान गर्न सतर्क हुनुपर्छ

बिरामीलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र टाउको दुख्ने जस्ता लक्ष्ण देखिन्छन ।

धेरैले डेङ्गीकै शङ्का गर्छन् तर हामीकहाँ आएका धेरै बिरामीलाई भाइरल ज्वरोले सताएको, टाइफाइड वा स्क्रब टाइफस लागेको भेटिएको छ।

कति घातक ?

भाइरसहरू बेलाबेलामा परिवर्तन भइरहन्छन् । कहिलेकाहीं घातक पनि बन्न सक्छ, त्यसैले सतर्क हुन एकदमै जरुरी छ । सामान्य रुघाखोकी हो कि भनेर लापरबाही गर्न भने हुँदैन । कोरोना संक्रमणका कारण मृत्यु हुने मात्र होइन, पछि पोस्ट कोभिडको लक्षण पनि देखिने भएकाले पहिलो प्राथमिकता खोपलाई नै दिनुपर्छ ।

निमोनियाको भय

धेरै जनाले खोप लगाइसकेको हुनाले धेरै जटिल अवस्था त नआउला । तर कुनै व्यक्तिमा भने यो सामान्य रुघाखोकी बिग्रिएर निमोनिया नै हुन्छ । त्यसैले पहिले रुघाखोकी लागेको बेलामा विशेष ध्यान दिनुपर्छ । सामान्य रुघाखोकी हो कि कोरोना महामारी हो भनेर पत्ता लगाउन परीक्षण गर्नुपर्छ ।

परिवारका पाँच जना सदस्यलाई रुघाखोकी लागेको छ भने कम्तीमा दुई जनाले कोरोना परीक्षण गर्नुपर्छ । कोरोना खोप लगाएको छु वा पहिले संक्रमण भइसकेको छ भनेर लापरबाही पनि गर्नु हुँदैन । यसो गर्दा धेरै मानिसमा सजिलै फैलिने र ज्यान जान सक्ने जोखिम पनि हुनसक्छ ।

सामान्य लक्षण

– शरीरमा डाबर आउनु

– चिलाउनु

– बारम्बार रुघाँ, हाँच्छ्यु आइरहनु

– आंखा, नाक चिलाउनु

– ज्वरो आउनुका साथै शरीरकामांसपेशिहरु दुख्नु

– नाक बाट पानी बग्नु

– नाकको छाला रातो हुनु

खानाबाट हुने एलर्जीका लक्षण

– खाना खाएको केहि मिनट पछि – अनुहार चिलाउने, डाबर आउनु,

– ओठ, अनुहार, जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निनु,

– श्वासप्रश्वासमा बाधा उत्पन्न हुनु,

– पेट दुखने, दिसा पातलो हुनु,

– बान्ता हुनु, चक्कर लाग्नु,

– उच्च रक्तचाप हुनु, बेहोस भएर लड्नु आदी ।

जोखिम

– नाकको एलर्जीले हड्डकिो प्वाललाइ बन्द गर्न सक्छ । जुन समस्या पछि गएर साइनोसाइटिस अर्थात पिनासको कारण बन्न सक्छ । यसले नाकभित्र मासुको डल्लो बनाउन सक्छ । र, सुघ्न सक्ने नलीलाई बंद गर्न सक्छ । जसले गर्दा कानको मध्य भागमा पानी भरिन सक्छ ।

– यस्ता विरामीलाई दमको खोजिम पनि बढेर जाने गर्छ ।

सावधानी

– इन्फेक्शनबाट बच्ने प्रयास गर्ने,

– चिसो, हावा, धूलो(धुवाँ र ओसिलो ठाउँबाट बच्ने,

– घरबाट बाहिर निस्किदा सकेसम्म धूलोको कणलार्य नाकभित्र प्रवेशन गर्नबाट बचाउने,

– घर पालुवा जनावर कुकुर, बिरालो अदिको धेरै नजिक नजाने,

– धूम्रपान नगर्ने,

– कुनै खाध्यपदार्थको सेवनले एलर्जीको समस्या हुन्छ भने त्यस्ता पदार्थको प्रयोग नगर्ने,

– नाकको एलर्जिले बढि सताएमा नोजल स्प्रेको प्रयोग गर्ने,

– छालाको कुनै भगमा एलर्जी हुन्छ भने उक्त भागमा कुनै प्रकारको कास्मेटिक सामाग्रीको प्रयोग नगर्ने,

– किचनमा एक्जास्ट फ्यानको प्रयोग गर्ने ।

यसकारण पनि हुनसक्छ

– आर्काले प्रयोग गर्ने चीज जस्तोकी ओच्छ्यान, टावेल, लुगा, जुत्ता, चप्पललगायतको प्रयोग गर्दा पनि कसैकसैलाई एलर्जी हुन सक्छ ।

– हिटर, स्टोवलगायत सामाग्रीको प्रयोगले पनि एलर्जी हुन सक्छ ।

– धैरैलाई फूलको बाँस्नाले पनि एलर्जी हुन्छ । त्यस्ता मानिसले फुल फुल्ने प्रकारका बिरुवालाई कोठामा नराख्ने ।

– घरको भित्तामा ढुसी या जालो लागेको छ भने त्यसलाइ ब्लिचको माध्मले सफा गर्नुपर्छ । नत्र एलर्जी हुन सक्छ । न्यूज एजेन्सी

प्रतिक्रिया दिनुहोस्