Logo
|
Thursday 25th April 2024
Logo

epaper

कर्णालीका अर्थमन्त्री विन्दमान विष्ट अस्वस्थ, मेडिसिटीमा उपचार हुँदै




जनस्वास्थ्य सरोकार, सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। मन्त्री विष्टको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । 

यही असार २५ गतेदेखि मन्त्री विष्टको स्वास्थ्यमा खराबी आएपछि कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार गरिएको उहाँका प्रेस सल्लाहकार हृदय रिमालले जानकारी दिनुभयो । मन्त्री विष्टको मेडिसिटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्