Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

जानकी मेडिकल कलेजले साउन महिनाभर नि:शुल्क ओपीडी सेवा दिने



1140x725

जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को ५० औं वार्षिकोत्सवका अवसरमा धनुषास्थित जानकी मेडिकल कलेजले ओपीडी लगायतका केही स्वास्थ्य सेवा नि:शुल्क प्रदान गर्ने भएको छ। 

मेडिकल कलेजले साउन महिनाभर आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्री रोग, बाल रोग, आँखा, नाक कान घाँटी, अर्थोपेडिक्स, दन्त चिकित्सा, मनोचिकित्सा, चर्म अनि पिशाबका बिरामीहरूलाई नि:शुल्क ओपीडी सेवा प्रदान गर्ने भएको हो।

त्यसबाहेक, जानकी मेडिकल कलेजले ल्याब परिक्षण, रेडियोलोजी, आईसीयु/एनआईसीयुमा र वार्डको शुल्कमा पनि २५ प्रतिशत छुट दिने कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति अनुसार कलेजले आफ्नो २४ घण्टा उपलब्ध एम्बुलेन्स सेवा पनि यो साउन महिनाभरि नि:शुल्क बनाएको छ।

प्रतिक्रिया दिनुहोस्