Logo
|
Wednesday 24th April 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयद्धारा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ । कोरोना भाइरस संक्रमण दैनिक बढिरहेको भन्दै मन्त्रालयले बिहीबार स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार १० बुँदे सूचना जारी गर्दै सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने जनाएका छन् ।

उहाँकाअनुसार विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्नुपर्ने छ । यस्तै मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ । अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी बलियो र प्रभावकारी बनाउन मन्त्रालयलको निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्