Logo
|
Thursday 25th April 2024
Logo

epaper

श्वासप्रश्वाससम्बन्धि छुट्टै किसिमको एलर्जीक रोग अस्थमा




जनस्वास्थ्य सरोरकार, काठमाडौँ । फोक्सोबाट निस्कने श्वासप्रश्वास सम्बन्धी समस्याका कारण दम (अस्थमा) हुने गर्छ । दममा सास फेर्न गाह्रो हुन्छ । यस्ता बिरामीहरुले नियमित शारीरिक गतिविधिहरु गर्न सक्दैनन् । बढ्दो प्रदूषण लगायतका विभिन्न कारकतत्वहरुले दम जस्ता श्वासप्रश्वाससम्बन्धी रोग डरलाग्दो रूपमा बढाइरहेका छन् । त्यसैले दमको उचित निदान र उपचार हुन आवश्यक छ । ढिलाई भएमा यो घातक पनि बन्नसक्छ ।

सामान्यतया ५ देखि ११ वर्ष बीचका बालबालिकाहरुमा पनि दम हुनसक्छ । श्वासप्रश्वासको क्रममा हामीले सास लिने हावा नाक, घाँटी र फोक्सोमा जान्छ । दम तब हुन्छ जब श्वासनली फोक्सोमा बढ्छ र वरपरका मांसपेशीहरू कडा हुन थाल्छन् । यसले फोक्सोमा अक्सिजनको आपूर्तिलाई अवरुद्ध गर्ने म्यूकसको निर्माण हुन्छ । नतिजाको रूपमा दम हुने गर्छ ।


नेपालका करिब पाँच देखि दश प्रतिशत जनसंख्या अस्थमाबाट प्रभावित भएको पाइन्छ । आमसर्वसाधारणले आस्थामालाई दम भनेर बुझेका छन् । तर यो छुट्टै किसिमको एलर्जीक रोग हो । अस्थामा जुनसुकै उमेर समुहलाई हुने भएपनि स–साना बालबालिका र वयस्कलाई बढी सताउने गरेको छ । बृद्धबृद्धहरुलाई भने सिओपिडी दमले बढी सताउने गरेको पाइन्छ । दाउरा, गुइठा बाल्ने, धुम्रपान र कलकारखानामा काम गर्ने व्यक्तिहरु पनि सिओपीडी दमको उच्च जोखिममा हुन्छन् ।

दक्षिण एशियामा करिब ८०–९० प्रतिशत आस्थामा भएका बिरामीको राम्रो उपचार हुन सकेको छैन । उनीहरुले जनरल फिजिसियन वा विशेषज्ञ डाक्टरलाई देखाउँदा पनि निको नभएको विभिन्न अध्ययनले देखाएका छन् ।

इन्टरनेशनल गाइडलाईन अनुसार उपचार गर्दा बिरामीहरुलाई धेरै फाइदा पुग्ने गर्छ । बिरामीहरुले औषधि उचित तरिकाले प्रयोग गर्न नजान्दा पनि रोग उपचारमा समस्या भएको पाइएको छ ।

छाती सम्बन्धी समस्या
नेपालमा छाती सम्बन्धी रोगमा सबैभन्दा बढी सिओपीडी दमका बिरामी छन् । यसका अलावा ब्रोनकियल अस्थमा र क्षयरोगको समस्या पनि छ । पछिल्लो समय इन्ट्रेस्टिसियल फोक्सो रोगको समस्या देखिन थालेका छन । यो रोगको कारण हालसम्म पत्ता लगाउन सकिएको छैन । त्यस्तै छातिको संक्रमण, निमोनिया, छातिमा पानी जम्ने, फोक्सोको क्यान्सर लगायतका बिरामीहरु दिनप्रतिदिन बढिरहेका छन् ।

धुवाँधुलो र वातावरण प्रदूषण र कलकारखानामा काम गर्ने व्यक्तिहरुलाई छाति सम्बन्धी रोगले सताउने गरेको छ । वायुप्रदूषणले छाति सम्बन्धी दीर्घ रोग भएका बिरामीलाई बेला बेलामा च्यापेर अस्पताल भर्ना गर्नुपर्नेसमेत अवस्था आउँछ ।

लक्षण
खोकी लाग्ने, कफ आउने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने आदि मुख्य लक्षणहरु देखिन्छन् । दुई हप्ता भन्दा बढी लगातार खोकी लागेमा तुरुन्तै चिकित्सकसँग परामर्श लिन जरुरी हुन्छ ।

औषधोपचार
तीस वर्ष अगाडि मैले चिकित्सा अभ्यास सुरु गर्दा बिरामीहरु तान्ने औषधि (इनहेलर ) प्रयोग गर्न मान्दैनथे । बिरामीहरु ‘म मरेपनि यो औषधि प्रयोग गर्दिन, मलाई खाने औषधि दिनुस्’ भन्थे । आम मानिसहरु त्यतिबेला इन्हेलरलाई अस्थामाको अन्तिम तहमा लिने औषधिको रुपमा लिने गर्थे । अहिले समय परिवर्तन भएको छ । मानिसहरु आफैले बुझ्न थालेका छन् । वास्तवमा यो औषधि अत्यन्तै सुरक्षित छ । थोरै मात्रा लिए पुग्छ । तुरुन्तै काम गर्छ । कुनै साइडइफेक्ट छैन ।

हामी गर्भवती र सुत्केरी आस्थाका महिलालाई पनि इनहेलर नै प्रयोग गर्न सुझाव दिन्छौँ । तर कतिपय बिरामी औषधिको प्रयोग राम्रोसँग गर्न जान्दैनन् । जसले समयमै रोग निको नहुनसक्छ ।

अस्थमाको आहार योजना
दम (अस्थमा) का बिरामीमा श्वासनली साँघुरो हुने कारण सास फेर्न धेरै गा¥ह«ो हुन्छ । त्यसैले यसलाई गम्भीर रोगको रुपमा लिइन्छ । मौसम परिवर्तन हुँदा दमका बिरामीले निकै सास्ती खेप्नुपर्छ । यदि तपाईं पनि दमबाट पीडित हुनुहुन्छ भने आहार योजनाको बारेमा जानकारी राख्नुहोला ।
दमका बिरामीले खान हुने
अन्नः
पुरानो चामल, गहुँ, जौ
दालः मुग, दाल, अरहर
फलफूल र तरकारीः लौका, घिरौला, कद्दु, करेला, पालक, काउली, गाजर, बैंगन, , टमाटर, मौसमी हरियो तरकारी, पपीता, आलु, स्याउ, जामुन, आँप, स्ट्रबेरी
अन्यः जुस, सूर्यमुखी, बादाम, जौ, दालचीनी, कालो मिर्च, मह, तातो पानी, लसुन

दमका बिरामीले खान नहुने
अन्नः
नयाँ चामल, मैदाको पिठो
दालः मटर, चना
फलफूल र तरकारीः आलु र तोरीको साग
अन्यः धुलो र धुवाँमा नजाने, चिल्लो खानेकुरा, माछा, अत्यधिक मात्रामा तेल, सुपारी, चिसो खाना, बासी खाना, दूषित पानी, सुख्खा खाना, भुटेको खानेकुरा
कडा रूपमा निषेधितः तेल, मसला, घिउ, उच्च नुन, बेकरी उत्पादनहरू, जंक फूड, फास्ट फूड प्याकेज गरिएका खाना

प्रतिक्रिया दिनुहोस्