Logo
|
Friday 2nd June 2023
Logo

epaper

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कर्मचारीहरुको अवकास उमेरको हद ६३ वर्ष पुर्याउने निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कर्मचारीहरुको अवकास उमेरको हद ६३ वर्ष पुर्याउने निर्णय गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।

अवकास उमेरको हद ६० वर्षलाई नै कायम गरिनुपर्ने अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीलगायतले दिइएको सुझाविपरित मन्त्री खापुङले अवकाश उमेर हद ६३ पुर्‍याउने निर्णय विरुद्ध गंगालालको कर्मचारी संघले आइतबार हड्ताल गर्ने भएको छ । तर मन्त्री खापुङले भने सबैको रायसुझाव बमोजिम निर्णय गरेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्