Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मानसिक स्वास्थ्य विशेषज्ञको जानकारी दिने वेबसाइट नेपाल मेन्टल हेल्थ डटकम सार्वजनिक



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मानसिक स्वास्थ्य विशेषज्ञहरुको जानकारी दिने गरी नेपाल मेन्टल हेल्थ डटकम वेबसाइट सार्वजनिक भएको छ । नेपाल मानसिक स्वास्थ्य पहलले मानसिक स्वास्थ्य जानकारी दिन उक्त वेबसाइट सुरू गरेको हो ।

सो पहलमा मानसिक स्वास्थ्यको क्षेत्रमा रहेको विभिन्न विषयहरुमा काम गर्न भनेर छ वटा संस्थाहरू ग्लोबल सेपर्स काठमाडौं हब, अन्तरङ, युवा, ह्याप्पी माइन्ड्स, नेपाल इन्स्टिच्युट फर रिसर्च एण्ड कम्युनिकेसन्स .एनआईआरसी) र पहिलो कदम आवद्ध रहेका छन् ।

नेशनल कलेज अडिटोरियम हलमा आयोजित एक कार्यक्रममा मानसिक स्वास्थ्य विशेषज्ञहरु, विभिन्न मानसिक स्वास्थ्य संस्थाका प्रतिनिधिहरू र अन्य सहभागीहरूकाबीच आईतबार वेबसाइट सार्वजनिक गरिएको छ ।

विगतमा यस्तै डाटाबेसहरू व्यक्तिगत र संगठनात्मक रुपमा निर्माण गर्ने प्रयासहरू भएपनि सामूहिक प्रयासमा बनाईएको भने यो पहिलो पटक हो ।

संस्थागत पहलका सदस्य सौरभ थापा श्रेष्ठले मानसिक स्वास्थ्य विशेषज्ञहरू खोज्नलाई सजिलैसँग जानकारी उपलब्ध गराउने गरी वेबसाइट ल्याएको बताउनुभयो ।

वेबसाइटबाट प्रयोगकर्ताहरुलाई मानसिक स्वास्थ्य विशेषज्ञहरूको परामर्श समयदेखि शुल्क र वेबसाइटमा रहने अध्ययनका स्रोतहरूसम्मको जानकारी पाइने छ । यसमार्फत प्रयोगकर्ताहरुले फारम भरेर अन्य उल्लेख नभएका विशेषज्ञहरुलाई पनि सिफारिस गर्न सक्छन् ।

वेबसाइटमा रहेका जानकारीहरु विशेष गरी सेवा खोज्ने प्रयोगकर्ताहरूका उपयोगि भएको रिजु ढकालले बताउनुभयो । पहििलो कदमका क्षेत्रीय प्रमुख अनामिका नेहरेले नेपाल मानसिक स्वास्थ्य इनिसिएटिभदद्वारा आगामी दिनहरुमा मानसिक स्वास्थ्य अन्तर्गतका विषयहरुमा चेतना फैलाउने योजनाका रहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्