Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको जिम्मेवारी हेरफेर, समन्वयन महाशाखामा डा. सञ्जय ठाकुर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालयको समन्वयन महाशाखाको जिम्मेवारी डा. सञ्जय ठाकुरलाई दिइएको छ । उहाँ यसअघि राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।


राष्ट्रिय क्षयरोग केन्द्रकोको निर्देशकमा फजिलमा रहनुभएकी डा. रिता भण्डारी जोशीलाई पठाइएको छ । त्यसैगरी प्रदेश नं १ को क्षेत्रीय स्वास्थ्य निर्देशकका रुपमा नारायण ढकाललाई पठाइएको छ । यसअघि उहाँ औषधि व्यवस्था विभागको महानिर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।


त्यस्तै डा विश्वबन्धु बगाललाई किटजन्य रोग केन्द्र हेटौँडा पठाइएको छ । केन्द्रका प्रमुख डा केशवराज पण्डितलाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।


त्यसैगरी कान्ति बाल अस्पतालमा कार्यरत उपसचिव भवनाथ खतिवडालाई स्वास्थ्य सेवा विभाग पठाइएको छ । खतिवडाको स्थानमा सूर्यप्रसाद गौतमलाई ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्