Logo
|
Friday 26th July 2024
Logo

epaper

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु



जनस्वास्थ्य सरोकार, बाग्मती । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना २ च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।

एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्