Logo
|
Friday 26th April 2024
Logo

epaper

रुसले औषधिमाथि लगाएको प्रतिबन्ध मानवता विरुद्धको अपराध रहेको युक्रेनको टिप्पणी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । रुसले औषधिमाथि लगाएको प्रतिबन्ध मानवता विरुद्धको अपराध रहेको भन्दै युक्रेनले टिप्पणी गरेको छ ।

युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लिआस्कोले रुसले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाउनुभएको हो ।

मन्त्री लआस्कोले आफ्नो देशमाथि रुसले आक्रमण सुरु गरेदेखि नै औषधि जस्तो अत्यावश्यक क्षेत्र र स्वास्थ्य सेवाको पहुँचमाथि प्रतिबन्ध लगाएको र यो निन्दाको विषय रहेको बताउनुभयो । उहाँले रुसले कब्जा गरेका ठाउँमा नागरिकको उपचार र स्वास्थ्य अवस्था दयनीय बनेको समेत बताउनुभएको छ ।

विगत ६ महिनाको युद्ध अवधिमा रूसले मानवीय करिडोरहरूमा सहज आवतजावतको अनुमति दिएको छैन । जसले गर्दा बिरामीलाई अनुदानका औषधि समेत उपलब्ध गराउन समस्या भएको मन्त्री लिआस्कोले बताउनुभएको समाचार संस्था एपीले जनाएको छ ।

युक्रेन सरकारले क्यान्सर र अन्य दीर्घ रोगीहरूलाई अनुदानमा औषधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको छ । तर युद्ध सुरु भएपछि अस्पताल र सडकलगायत थुप्रै पूर्वाधारको विनाश भएको छ । यसले स्वास्थ्य प्रणालीलाई भताभुङ्ग बनाएको छ । मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्