Logo
|
Friday 26th April 2024
Logo

epaper

चिकित्सक कुटपिट घटनाबारे छलफल गर्न चिकित्सक संघको टोली जुम्लामा 



जनास्थ्य सरोकार, काठमाडौँ । बिहीबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरमाथि त्यहिका एक जना कर्मचारीले निर्मम प्रहार गरेको घटनाको छलफलका लागि नेपाल चिकित्सक संघको टोली जुम्ला पुगेको छ ।

संघका केन्द्रिय उपाध्यक्ष डा अनिलविक्रम कार्की, महासचिव डा बद्री रिजाल र कोषाध्यक्ष डा प्रकाश बुढाथोकी जुम्लास्थित प्रतिष्ठानमा पुग्नुभएको छ । घटनाबारेको जानकारी लागि संघका प्रतिनिधीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा मंगल रावलसँग भेटवार्ता गरी छलफल गरेका छन् ।

अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा करण साहमाथि त्यहि अस्पतालकै प्रशासन तर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् । कुटपिटबाट डा साहको टाउको तथा पेटमा चोट लागेको थियो ।

घटनाको सत्यतथ्य ३० तीनभित्र पत्ता लगाई दोषी उपर कार्वाहीका लागि छानविन समिती गठन गरिएको हो । गत बिहीबार विहान ९ः१२ मा प्रतिष्ठानका कर्मचारी शाहीले चिकित्सक डा। करण साहमाथि कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्