Logo
|
Saturday 27th April 2024
Logo

epaper

कङ्गोमा भेटिए इबोलाका नयाँ संक्रमित



जनस्वास्थ्य सरोकार । अफ्रिकी देश कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार एकजनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो ।

कङ्गोको स्वास्थ्य मन्त्रालयले कङ्गोको उत्तरी प्रान्त किभुमा एकजनामा इबोला भाइरसको सङ्क्रमण देखिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एकजना पुरुषमा इबोला भाइरसको सङ्क्रमण देखिएको थियो । इबोलाकै कारण उनको यही अगष्ट १७ मा निधन भएको सो मन्त्रालयले जनाएको थियो ।

यसअघि पनि सन् २०१८ र सन् २०१९ मा अफ्रिकी मुलुक कङ्गोका दुई उत्तरी प्रान्त किभु र इतुरीमा इबोला भाइरसको ठूलो सङ्क्रमण भेटिएको थियो ।

सो सङ्क्रमणमा परी त्यहाँका तीन हजार आठ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए । सो दुई वर्षको अवधिमा मात्र यहाँका दुई हजार दुई सयभन्दा बढीको निधन पनि भएको थियो । त्यससमय अफ्रिकाका अरु देशमा पनि इबोलाको सङ्क्रमण पाइएको थियो । त्यसमा परेर हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्